शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • टर्कीले कोरोनाविरुद्धको खोप भित्र्यायाे, केही दिनमा लगाउन सुरु गर्ने,
समाचार

टर्कीले कोरोनाविरुद्धको खोप भित्र्यायाे, केही दिनमा लगाउन सुरु गर्ने,

२४ घण्टामा विश्वमा छ लाख ७० हजार पाँच सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

पुस १६,
काठमाण्डौ । टर्कीले चीनमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप भित्र्याएको छ ।

चीनले विकास गरेको खोप बाँकी विश्वले कहिले पाउँछ भन्ने चासो बढिरहेको बेला टर्कीले सिनोभ्याक खोपको ३० लाख मात्रा भित्र्याएकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आधारभूत प्रक्रिया पूरा गरेपछि खोप आम नागरिकलाई लगाइदिने योजना रहेको टर्कीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै नागरिकले पाउने जानकारी दिनुभएको छ ।

सिंगापुरले हिजोबाट आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ भने बेलायत, अमेरिकालगायतका देशहरुले यसअघि नै कोरोना खोप लगाउन सुरु गरिसकेका छन् । खोप लगाउने अभियान तीव्र बन्दै गर्दा कोरोनाका नयाँ सङ्क्रमित भेटिने क्रम भने उस्तै छ ।

त्यस्तै गएको २४ घण्टामा विश्वमा छ लाख ७० हजार पाँच सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या आठ करोड २९ लाख ९६ हजारभन्दा धेरै भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १३ हजार नौ सयभन्दा धेरैको ज्यान गएसँगै विश्वका १८ लाख १० हजारभन्दा धेरैको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ ।

कोरोना सङ्क्रमण भएकामध्ये पाँच करोड ८८ लाखभन्दा धेरै निको भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु