बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जनताको उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादीहरु सल्बलाउन थालेका छन्-प्रचण्ड
समाचार

जनताको उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादीहरु सल्बलाउन थालेका छन्-प्रचण्ड

पुष १५,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादीहरु देशमा सल्बलाउन थालेको बताएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको उनको दाबी छ ।

बुधबार ‘तमू (गुरुङ) समुदायको तमू ल्होछार/ल्होसार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हिको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेकाले सचेतहुनु पर्ने बेलाआएको उल्लेख गरेका हुन् । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै चाड्वाड् मनाउन आग्रह गरेका छन् ।

आ–आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोनाका पूर्व सावधानीका उपाय अवलम्बन गर्दै मनाउन आग्रह गरेका हुन् ।

आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको छ । तसर्थ सबै समुदायहरुका यी उपलब्धी गुम्न नदिन एकतावद्ध भई आन्दोलनमा लाग्न आग्रह गर्दै चाडपर्वहरुको अवसरमा सु–स्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु । ,

चाड्पर्वले सामाजिक र सांस्कृतिक मूल्य मान्यता सहितका परम्पराहरु बीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको भन्दै विविधता भित्रको एकता नेपाली समाजको विशेषता भएको उल्लेख गरेका छन् ।

Image may contain: text

फेसबुक प्रतिक्रियाहरु