आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राष्ट्रपति भण्डारीद्वरा उधौली र तमु ल्होसारको शुभकामना ब्यक्त (पूर्णपाठ)
समाचार

राष्ट्रपति भण्डारीद्वरा उधौली र तमु ल्होसारको शुभकामना ब्यक्त (पूर्णपाठ)

पुष १५,

काठमाडौं । राष्ट्रपति बिधादेवी भण्डारीले आज किराँत समुदायको महान् पर्व उधौली र तमु ल्होसारको शुभकामना ब्यक्त गर्दै चाड्पर्वले एकताको सूत्रमा बाँध्ने बिश्वास् ब्यक्त गरेकी छन् ।

बुधबार बिहाना शुभकामना सन्देशमा-भण्डारीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै उधौली पर्वले पितृ र प्रकृतिपूजक किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याख्खाहरूले मानिस, जीवजन्तु तथा पशुपंक्षीहरू लेकबाट बेँसीतिर बसाई सर्ने समयमा पाकेको नयाँ अन्नबाली आफ्ना पितृलाई चढाउने र राम्रो फसलको लागि धन्यवाद दिँदै अन्नबाली फारोतिनो होस् भन्ने कामना सहित भूमिको पूजा गर्ने गर्दछन् । यसका साथै, यस पर्वको अवसरमा किराँत महिला र पुरुषहरू खुल्ला आकाशमुनि ढोल र झ्याम्टा बजाएर चराचुरूङ्गी, जीवजन्तुको हाउभाउ एवं मानिसका विभिन्न कृयाकलापहरूको अनुकरण गर्दै सामुहिक रूपमा ‘साकेला’ नृत्य गर्ने परम्परा छ रहेको उल्लेख गरेकी छन् ।

त्यस्तै उधौलीले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसर समेत प्रदान गर्ने भएकोले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने बताएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु