आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मुख्यमन्त्री पौडेलले गरे जम्मकट्टेल र माझीलाई कारबाही
समाचार

मुख्यमन्त्री पौडेलले गरे जम्मकट्टेल र माझीलाई कारबाही

पुष १४,

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलको उपनेता शालिकराम जम्कट्टेल र सचेतक वुद्धिमान माझीलाई पदमुक्त गरेका छन् ।

प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहका हुन् भने जम्मकट्टेल र माझी प्रचण्‍ड-नेपाल समूहका हुन् ।

नेकपाको प्रचण्ड- नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु