मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राज्यले दलित समूदायलाई प्रदान गरेका सेवा प्रशासनबाट बिना झन्जट्ता प्रदान गर्छु-प्रजिअ शर्मा
रामेछाप बिशेष

राज्यले दलित समूदायलाई प्रदान गरेका सेवा प्रशासनबाट बिना झन्जट्ता प्रदान गर्छु-प्रजिअ शर्मा

पुष ०८,

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले दलितहरुले जिल्ला प्रशासनबाट लिदै आएका सेवालाई थप सहजिकरण गर्ने बताएका छन् । दलित समूदायले लिदै आएका सेवामा कानुनी जटिल्तालाई ध्यानमा राखि नागरिकहरुले सहज महसुस् गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

बुधबार नेपाल राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यासमिति रामेछापको संयोजनामा भएको प्रमुख जिल्ला अधिकारी शर्माको स्वागत तथा भेटघाट कार्याक्रम बोल्दै उनले आगामी दिनमा जिल्लाका दलित समूदायको विभिन्न सेवामा थप सहजता प्रदान गर्न भूमिका खेल्ने प्रतिबद्ध जनाए । शर्माले जातिय छुवाछुत् जस्ता जघन्या अपराधलाई न्युनिकरण गर्नको लागि त्यस्तै गतिविधि गर्ने जोकोहीलाई कानुनी काठघरामा ल्याएरै छाड्ने बताए । विगतमा जातिय छुवाछुतका विषयमा भएका घटना प्रहरी प्रशासनमा दर्ता नभएको स्मरण गर्दै आगामी दिनमा त्यस्तो गर्ने जोकोहीलाई पनि तत्काल कानुनी दाएरामा ल्याउनले उनले बताए ।

त्यस्तै राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यासमिति रामेछापका अध्यक्ष लेखबहादुर बिकले दलित समूदायको समग्र अस्थालाई ध्यानमा राख्दै राज्यले प्रदान गर्ने सेवा विना कुनै झन्जट् प्रदान गरिदिनको लागि आग्रह गरे ।

No description available.

त्यस्तै नेकपा रामेछापका जिल्ला सदस्यसमेत रहेका उद्धव रम्तेलले दलित समूदायले प्रशासनबाट लिदै आएका सेवामा सरलता प्रदान गरी नगरिक मैत्री बनाउन आग्रह गरे । उनले आफूले गर्नु पर्ने सहयोग सदैवा गर्ने प्रतिबद्ध जनाए ।

कार्याक्रममा दलित पत्रकार संघ नेपाल रामेछापका पदादिकारीसहित दलित समुदायको हक अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहको थियो ।

फेसबुक प्रतिक्रियाहरु