आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • इटलीमा देशव्यापी लकडाउन : घरमा पाहुना प्रतिबन्ध, राति कर्फ्यू
समाचार

इटलीमा देशव्यापी लकडाउन : घरमा पाहुना प्रतिबन्ध, राति कर्फ्यू

पुस ५,

काठमाण्डाै । क्रिसमस र नयाँ वर्षमा हुने भिडभाडलाई लक्षित गर्दै इटलीमा देशव्यापी लकडाउन घोषणा भएको छ ।

क्रिसमस र नयाँ वर्षको अवसरमा हुने भिडभाड र सार्वजनिक समारोहका कारण कोरोना भाइरसको महामारी झनै बढ्न सक्ने भन्दै इटलीमा देशव्यापी लकडाउनको घोषणा भएको बीबीसीले जनाएको छ ।

डिसेम्बर २४ तारिखदेखि इटलीमा रेष्टुरेन्ट बन्द हुने भएका छन् भने अत्यावश्यक बाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै भिडभाड पूर्ण रुपमा निषेध गरिएको छ ।

घरबाहिर निस्किएका नागरिकले पुलिसलाई कारण बताउनुपर्नेछ । यस्तै २ जना भन्दा धेरै पाहुना घरमा बोलाउन पाइने छैन । राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइनेछ ।

इटलीका प्रधानमन्त्री ग्युसेप कोन्टेले लकडाउनको निर्णय अप्रिय भएपनि यसको विकल्प नभएको बताउनुभएको छ ।

इटलीमा युरोपकै धेरै ६८ हजार जनाको ज्यान गइसकेको छ । क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै युरोपका कयौँ देशले लकडाउन घोषणा गरिसकेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु