सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • गृह मन्त्री बालदलसंग प्रधानमन्त्री ओलीको भेटवार्ता
समाचार

गृह मन्त्री बालदलसंग प्रधानमन्त्री ओलीको भेटवार्ता

पुष ०४,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गरेका छन् ।

शनिबार खुमलटारमा प्रचण्डलाई  भेटवार्ता गरेपछि बादलनिवास पुल्चाेकमा पुगेर ओलीले बादलसंग भेटवार्ता गरेका हुन् ।

गृहमन्त्री थापाको निवासमा प्रधानमन्त्री पुगेपछि मन्त्री क्वाटारमा रहेका अरु मन्त्रीहरु पनि उपस्थित भएका थिए ।

त्यहाँ प्रधानमन्त्री ओलीले आफू प्रचण्डलाई भेटेर फर्किएको जानकारी मात्रैदिएका थिए । तर भेटमा के कुरा भयो भन्ने जानकारी चाहिँ प्रधानमन्त्रीले खुलाउन चाहेका छैनन् ।

खुमलटारबाट फर्किंदा बाटोमा पर्ने भएकाले आफू मन्त्री निवास पसेको प्रधानमन्त्री ओलीले बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु