शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • रामेछापमा प्रमुख जिल्ला अधिकारी : अर्जुन कुमार शर्मा आउने, रुद्राशर्मा जाने
रामेछाप बिशेष

रामेछापमा प्रमुख जिल्ला अधिकारी : अर्जुन कुमार शर्मा आउने, रुद्राशर्मा जाने

पुष ०३,

रामेछाप । रामेछाप जिल्लामा प्रमुख जिल्ला अधिकारीमा अर्जुन कुमार शर्मा आउने भएका छन् । उनी अहिले पाँचथरमा कार्यारत रहेका थिए ।

शुक्रबार मन्त्रीस्तरको निर्णयबाट देशका विभिन्न जिल्लाका १८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएसंगै जिल्लामा उनी आउने पक्का भएको हो । हाल कार्यारत रुद्रादेवी शर्माको गुल्मी जिल्लामा सरुवा भएको छ ।

अहिले आउन लागेका शर्मा रामेछाप जिल्लाकै स्थानीय समेत रहेका छन् । उनको घर जिल्लाकै उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकाँस्थली हो ।

फेसबुक प्रतिक्रियाहरु