आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • फेक ईमेल र फेस्बुकआइडीबाट अश्लिल फोटो सार्वजनिक गरिदिने भन्दै ७० लाख माग्ने २ जना पक्राउ
दुर्घटना/अपराध

फेक ईमेल र फेस्बुकआइडीबाट अश्लिल फोटो सार्वजनिक गरिदिने भन्दै ७० लाख माग्ने २ जना पक्राउ

पुष ०३,

काठमाडौं । फेक इमेल र फेसबुक आइडी बनाई महिलाहरुलाई अश्लिल सन्देश र तस्वीर पठाउने छुट्टाछुट्टै ठाउबाट एक-एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ् विराटनगर उपमहानगरपालिका वडा नं ३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं ७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका वड नं ६ कल्याणपुर बस्ने ३५ वर्षीय थप बहादुर विश्वकर्मा रहेका छन् ।

उनीहरुलाई गत बिहिबार काठमाडौंबाट जिल्ला प्रहरीसहितको सहयोगमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको साईबर ब्यरोले प्रेस विज्ञाप्ति जारी गरी जनाएको छ ।

उनीहरुले फेकआइडीको सहायताले महिला साथी महालक्ष्मी (नाम परिवर्तित) लाई आफूसंग अर्धनग्न तथा नग्न तस्विर भएको र सो तस्विरहरु सार्वजनिक नगर्नको लागि ७० लाख माग गर्दै धम्कि दिने गरेका थिए ।

रेग्मीले महिलालाई यौन उत्पिडन एवं हैरानी गर्ने गरेका थिए  । पक्राउ परेकाहरुलाई ईलेक्ट्रोनिक कारोबार ऐन, २०६३ को दफ ४७ बमोजिको कसुर गरेको पाईएकोले जिल्ला अदालत काठमाडौंबाट अनुमती लिई थप अनुसन्धन भैरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु