आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कोरोना सङ्क्रमित पूर्वराष्ट्रपतिको निधन
समाचार

कोरोना सङ्क्रमित पूर्वराष्ट्रपतिको निधन

पुस ०४,
काठमाण्डाै ।कोरोना भाइरसबाट सङ्क्रमित बुरुण्डीका पूर्वराष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका बुयोयाको ७१ वर्षको उमेरमा निधन भएको हो ।

फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उनको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको जिम्मेवारीमा समेत रहेका बुयोयाले केही हप्ता अगाडि मात्रै त्यस पदबाट राजीनामा दिएका थिए ।
सानो अफ्रिकी देश बुरुण्डीमा लोकतन्त्र स्थापनाका लागि उनले ठूलो योगदान गरेको श्रेय दिने गरिन्छ ।

अस्वस्थ भएपछि उनलाई सुरुमा मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ सुधार नभएपछि बिहीबार मात्रै पेरिस लगिएको अधिकारीहरूले जनाएका छन् ।

उनले सन् २०१२ देखि गएको नोभेम्बरसम्म माली र सहेलका लागि अफ्रिकन युनियनको विषेश प्रतिनिधिका रुपमा सेवा गर्दै आएका थिए ।

तर सन् १९९३ मा भएको आफ्ना उत्तराधिकारीको हत्या घटनामा संलग्न भएको आरोपसहित आजीवन कारावासको फैसला भएपछि उनले राजीनामा दिएका हुन् ।

उनले भने त्यस फैसलालाई राजनीतिक पूर्वाग्रहका आधारमा आएको फैसलाको संज्ञा दिँदै आएका थिए । आफूले नैतिकताका आधारमा विषेश प्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको पनि उनले बताएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु