शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछापमा आलु उत्पादनमा वृद्धि : कृषकको घरघरबाटै खरिद्
रामेछाप बिशेष

रामेछापमा आलु उत्पादनमा वृद्धि : कृषकको घरघरबाटै खरिद्

पुष ०१,

रामेछाप  । रामेछाप जिल्लामा गत वर्षको तुलनामा आलु उत्पादन बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यान्वयन रामेछापले मंगलबार जुनेली न्युजलाई दिएको जनाकारी अनुसार गत वर्षको तुलनामा आलु उत्पादन बढेको हो । जिल्लाका दुई गाउँपालिका उमाकुण्ड र गोकुलगंगामा आलु उत्पादन बढेको छ ।

आलुको भण्डारण
आलुको भण्डारण

यो पनि पढ्नुहोस् रामेछापमा सुन्तला जातका फलफूल उत्पादनमा कमी : उत्पादित जुसले एक वर्ष बित्दापनि बजार पाएन (फोटोफिचर)

गत वर्षको तुलनामा आलु उत्पादन बढेको परियोजनाका सूचना अधिकारी काफ्लेले बताए । गत साल १५.१८ मेट्रिक्ट आलु उत्पादन भएको पालिकाहरुमा यो साल १७ मेट्रिक्टन भन्दामाथि आलु उत्पादन बढेको परियोजनाको आशंका छ । तथ्याङ्क संकलनको काम भैरहेकाले ठयाक्कै भन्ने तथ्याङ्क नरहेको उनको भनाई छ । परियोजनासंग आबद्ध रहेर हालसम्ममा १ सय १७ समूह, सहकारीले आलु खेती गर्दै आएका छन् । गतसाल सम्ममा आलुखेतीबाट १ हजार ३१ परिवार लाभान्वित् भएको बताइएको छ । यो साल तथ्याङ्क बढ्एको परियोजनाको भनाई छ ।

कृषि उपकरण हस्तान्तरण
कृषि उपकरण हस्तान्तरण

कोरोना भाइरस संक्रमणले बाहिरी जिल्लाहरुमा बस्दै आएका मानिसहरु समेत जिल्लामा आएर फाम दर्ता गरेरै ब्यावसायीक खेती जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा गर्न थालेका छन् । खेतीमा आबद्धहुनेहरुलाई परियोजना र कृषि ज्ञानकेन्द्रले समेत पहल गरिरहेको परियोजनाले जनाएको छ ।

आलु उत्पादन भएपनि जिल्लाको बजार मागलाई धन्न नसकिरहेको परियोजनाले बताएको छ । बजारमा आलु अहिले रामेछापको उत्पादन सकिएको समेत जनाएको छ । परियोजनाले चालुआर्थिक वर्षमा आलु उत्पादन बढ्ने आंकलन समेत गरेको छ । त्यसको लागि परियोजनाले कृषि उपकरण, औषधी, विषादी, प्रविधिकलगाएत सहयोग् गर्ने योजना रहेको छ । कृषि पेशामा लाग्ने कृषकहरु परियोजना स्थापना भएपछि कृषकले आलुको मूल्य राम्रो पाएको भन्दै परियोजना संग खुसी र आबद्ध हुनेको कृषको संख्या बढ्दै गएको छ । परियोजनाले पालिकामै आलु उत्पादन गरेर खरिद समेत गरिदिने ब्यवस्था गरिसकेको छ ।

आलु बारिमै अनुगमन गर्दै परियोजनाका प्राविधिक
आलु बारिमै अनुगमन गर्दै परियोजनाका प्राविधिक

फेसबुक प्रतिक्रियाहरु