बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • रामेछापमा सुन्तला जातका फलफूल उत्पादनमा कमी : उत्पादित जुसले एक वर्ष बित्दापनि बजार पाएन (फोटोफिचर)
रामेछाप बिशेष

रामेछापमा सुन्तला जातका फलफूल उत्पादनमा कमी : उत्पादित जुसले एक वर्ष बित्दापनि बजार पाएन (फोटोफिचर)

मंसिर  ३०,

रामेछाप । रामेछाप जिल्लामा सुन्तला जातका फलफूल गत वर्षको तुलनामा घटको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले मंलबार जुनेली न्युजलाई दिएको जानकारी अनुसार गत वर्षको तुलनामा सुन्तला जातका फलफूलको उत्पादकत्व घटेको हो ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १,२,४,५,६,७,८ र मन्थली नगरपालिकाको १,२,३,५,७,८,१०,११,१२,१३ नम्बर वडामा हुदै आएको सुन्तला जातका फलफूल गत वर्षको उत्पादनभन्दा कम उत्पादन भएको परियोजना इकाई रामेछापका प्रमुख होमनाथ लम्सालले बताए । उनका अनुसार विगतका वर्षहरुको तुलनामा किराले खाएर अधिकांश सुन्तला जातका फलफूल उत्पादन घट्ने गरेको भएपनि यो साल किराले नखाएको तर उत्पादन भने घटेको हो । फूल अनुसार फल सबै राम्रो लागेको उनले बताए । उनका अनुसार ९५ प्रतिशत किरा नियन्त्रण गरि सकिएको छ । जसअनुसार फल खाने किरा नभएको तर यो पटक जती उत्पादन भयो त्यो खानलाएकको फल उत्पादन भएको हो ।

Image may contain: 1 person, food

गत साल १२.२१ मेट्रिक्टन सुन्तला जातका फलफूल उत्पादन भएको थियो । यो पटक खानलाएक सुन्तला ११ मेट्रिक्टन उत्पादन हुने परियोजनाको आंकलन छ । किराले खाने, कुहिने समस्या यो पटक नभएकाले किसानहरु खुसीदेखिएको परियोजनाका सूचनाअधिकारी बेदराज काफ्लेले बताए । सुन्तला जातका फलफूल भन्नाले सुन्तला, जुनार, कागती रहेको छ । गत असारमा परियोजनाले ५० प्रतिशत अनुदानमा ७ हजार वटा सुन्तला जातका विरुवा किसानहरुलाई बाढेको थियो । यो पटक २० हजार विरुवा वितरणको तयारी गरिरहेको परियोजनाले जनाएको छ ।

जिल्लाका दुई नगरपालिकाका ६२ वटा समूह, सहकारीमार्फत सो परियोजनामा आबद्ध रहेर जुनार, कागती र सुन्तला जातका फलफूल उत्पादन गरिरहेका छन् । साथै १५ सय कृषकहरु सो पेशामा आबद्ध रहेको परियोजनाको तथ्याङ्कमा छ । गतसाल उत्पादन राम्रो भएपनि उत्पादनले बजार राम्रो नपाएको समेत काफ्लेले बताए । उनका अनुसार गतसाल उत्पादन भएको जुनार र सुन्तलाको जुस हालसम्म पनि बिक्री नभएको गुनासो ब्यावसायीबाट आउने गरेको सुनाए । परियोजानसंग आवद्ध रहेर जुसहरु उत्पादन गरेको जुनारको जुस अहिले पनि ६,७ लाखको बिक्री हुन बाँकि भण्डारण रहेको बताइएको छ । पछिल्लो समय कोरोना भाइरसले बजार प्रभावित बनाउदाँ जुस् बिक्री नभएको उनले बताए ।

फोटो हेर्नुहोस्

No description available.

No description available.

Image may contain: 1 person, food and outdoor

फेसबुक प्रतिक्रियाहरु