बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • रामेछाप ट्राफिकले उठायो तीन महिनामै ४८ लाख बराबर राजश्व : सवारी दुर्घटनामा नियुनिकरण
दुर्घटना/अपराध

रामेछाप ट्राफिकले उठायो तीन महिनामै ४८ लाख बराबर राजश्व : सवारी दुर्घटनामा नियुनिकरण

पुष ०१,

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले तीन महिनाको अवधिमा ४८ लाख बराबरको राजश्व संकलन गरेको छ । बुधबार जिल्ला ट्राफिक प्रहारीका प्रमुख रामेश्व पाण्डेले  जुनेली न्युजलाई दिएको जानकारी अनुसार कार्यालयले गत साल भरीमा संकलन गरेको राजश्व संकलन यो पटक तीन महिनाको अवधिमा (असोज, कात्तिक, मंसिर) महिना भरिमै संकलन गरेको हो ।

यो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न ४६ सय सवारी साधनलाई कार्वाही गरी ४७ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन भएको हो । गत २०७६/०७७ मा ७२ सय ५० सवारीसाधनलाई गरिएको कार्बाहीबाट ५२ लाख ५० हजार राजश्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामै गतसाल भन्दाबढी राजश्व संकलन भएको हो । ट्राफिक नियम उलङ्घन गर्नेहरुलाई कार्वाही पनि थप कडाई गरे संगै राजश्वमा बिदृ भएको हो । जिल्ला ट्राफिक प्रहरीले जिल्लाका विभिन्नठाउँमा पछिल्लो समय चेकिङ्लाई कडाई गरेको छ ।

त्यस्तै पाण्डेका अनुसार गतसालको तुलनामा सवारी दुर्घटना पनि नियुनिकरण आएको छ । कोरोना भाइरस संक्रमणले गर्दा सवारीसाधनको कम आवतजावत् र सुरक्षित यात्राले गर्दा दुर्घनामा नियुनिकरण आएको पाण्डेले बताए ।

फेसबुक प्रतिक्रियाहरु