शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • दुई लाख ५० हजारको क्यामेरा चोरी गर्ने २ जना पक्राउ
दुर्घटना/अपराध

दुई लाख ५० हजारको क्यामेरा चोरी गर्ने २ जना पक्राउ

मंसिर ३०,

कास्की । क्यामेरा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ५ जिरो किलो मिटर बस्ने रोल्पा घर भएका १९ वर्षीु दिपक मगर र सोही महानगरपालिका- २२ पुम्दीभुम्दी बस्ने १९ वर्षीय अनिस बराईली रहेका छन् ।

उनीहरुले गत मंगलबार सोही महानगरापालिका-३ तेर्सोपट्टीबाट प्रविण बैधको घरबाट क्यामेरा चोरी गरेका थिए ।

क्यामेराको मूल्य करिव २ लाख ५० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घट्नाबारेमा थप अनुसान्धन भैरहेको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु