आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • रहेनन् प्रजातान्त्रिक योद्धा नेकपाका, नेता धनिराम मोक्तान
रामेछाप बिशेष

रहेनन् प्रजातान्त्रिक योद्धा नेकपाका, नेता धनिराम मोक्तान

मंसिर ३०,

रामेछाप । प्रजातान्त्रिक योद्धा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  नेता धनिराम मोक्तानको निधन भएको छ । उनको मंगलबार ९३ वर्षको उमेेरमा उनकै निवास पकरवासमा निधन भएको पारिवरीक स्रोतले जनाएको छ ।

खाँडादेवी गाउँपालिका वडा नं ५ का स्थानीय नेता समेत रहेका मोक्तानले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । मोक्तानले तत्कालिन निरङ्कुश शासनको व्यवस्थाको विरोध गर्दा ८ वर्ष निर्वासित समेत बनेका थिए ।  उनी नेकपा रामेछापको जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य समेत रहेका थिए ।

नेकपा रामेछापले मोक्तानको निधनले नेकपालाई अपुर्णिय क्षेति पुगेको बताएको छ । त्यस्तै नेकपाका जिल्लाका नेताहरुले दुःख ब्यक्त गरेका छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले मोक्तानको खबरले आफू दुखित् भएको बताएका छन् ।

www.facebook.com/permalink.php?story_fbid=688190571729654&id=343456072869774

फेसबुक प्रतिक्रियाहरु