आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • महानिरीक्षक पोखरेलद्वरा महानगरीय प्रहरी तथा मातहतका कर्मचारीहरुलाई निर्देशन
समाचार

महानिरीक्षक पोखरेलद्वरा महानगरीय प्रहरी तथा मातहतका कर्मचारीहरुलाई निर्देशन

मंसिर ३०,

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मंगलबार आयोजित कार्यक्रममा निर्देशन दिएका छन् ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले कोरोना भाइरस (कोभिड-१९) द्वारा सिर्जित विषम परिस्थितिमा सीमित स्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको बताए । व्यावसायिक, लागनशील, असल आचरणका साथ संगठनले दिएको जिम्मेवारीलाई बहन गर्दै संगठनले लिएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन निर्देशन दिए ।

महानगरीय प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रममा मातहत कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु