सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • आज कांग्रेसको देश्ब्यपारी पर्दशन हुदै : जिल्ला, जिल्लामै लाखौंको सहभागिताको हुने
समाचार

आज कांग्रेसको देश्ब्यपारी पर्दशन हुदै : जिल्ला, जिल्लामै लाखौंको सहभागिताको हुने

मंसिर २९,

काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) देशब्यापी पर्दशन गर्दैछ ।

सोमबार ११ बजेदेखि देशका विभिन्न ठाउँमा सुरु हुने पर्दशनमा हजारौको सहभागीता हुने कांग्रेसले जनाएको छ ।

प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको, भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको,यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको पार्टी सभापति देउवाले औल्याएका छन् । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिन र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नेको शुरूवातको रुपमा आजको सांकेतिक प्रदर्शन हुनलागेको कांग्रेसले भनेको छ ।

बिरोधको लागि शिर्षनेताहरुको विभिन्न जिल्ला आइतबारै पुगिसकेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु