आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • भोली हुने पर्दशनमा मकवानपुरमा १० हजार भन्दा बढीको उपस्थिति हुदैछ-अध्यक्ष ठकुरी
पत्रपत्रिका

भोली हुने पर्दशनमा मकवानपुरमा १० हजार भन्दा बढीको उपस्थिति हुदैछ-अध्यक्ष ठकुरी

मंसिर २८,

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरमा भोली (सोमबार) देशब्यापी हुने पर्दशनमा १० हजार भन्दाबढी सहभागी हुने तयारी रहेको जनाएको छ । कांग्रेसले सोमबार सरकार विरुद्ध देशव्यापरी पर्दशन गर्दै छ ।

जुनेली न्युजसंग आइतबार कुरा गर्दै नेपाली कांग्रेस मकवानपुर-काठमाडौं सम्पर्क समितिका अध्यक्ष पुरुषोतम ठकुरीले पर्दशनलाई भव्यबनाउन १० हजार भन्दाबढी कांग्रेसको सहभागीता हुने बताए । वर्तमान केपी शर्मा ओली नेत्रित्वको सरकारकै संरक्षणमा भ्रष्टचार मौलाएको, बालिका,महिला बतात्कृत हुनु परेको कोरोनाको महामारी नियन्त्रण गर्न नसकेको, जनताको ज्युधनको सुरक्षा नभएको, बहुमतको घमण्ड बढेको, आफ्ना नेता रामचन्द्र पौडेललाई अभद्र ब्यबाहार गरेको, शान्ति सुरक्षा गर्न नसकेको,अन्याय ,अत्याचार ,बलात्कार ,भ्रष्ट्राचार, बिसंगति लगायत सरकारका यावद अकर्मण्यता विरुद्ध आफूहरु सडकमा जान बाध्य भएको बताउदै सरकारलाई सही दिशामा ल्याउनको लागि आन्दोलन गर्नु परेको बताए ।

पर्दशनलाई सफल पर्न यहाँ समितिनै गठन गरी परिचालन गरिएको छ ।

पर्दशनलाई मध्ये नजर गर्दै उनीहरुले कार्याक्रता परिचालन क्षेत्रगत रुपमा तयारी राखेको उनले बताए ।

पर्दशनका लगाईने नाराहरु

No description available.

पर्दशनको लागि तयारी टिम
पर्दशनको लागि तयारी टिम

फेसबुक प्रतिक्रियाहरु