सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • पत्रकार महासंघ रामेछापको १८ औं साधरण सभा मन्थलीमा सम्पन्न : के के भयो ?(फोटोफिचर)
रामेछाप बिशेष

पत्रकार महासंघ रामेछापको १८ औं साधरण सभा मन्थलीमा सम्पन्न : के के भयो ?(फोटोफिचर)

मंसिर २७,

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको  १८ औं साधरण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलको अध्यक्षता र मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथेतामा कार्याक्रम शनिबार सम्पन्न भएको हो ।

कार्याक्रममा विगतका वर्षहरुमा वर्तमान कार्यासमितिले निर्वाचित भएर आएदेखि गरेका क्रियाकलाप र आगामी योजना संघका सचिव नवराज श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्याक्रममा नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष नवराज पथिक, बद्री नयाँघरे, हिमाल ढुङ्गेल,टिकाप्रसाद भट्ट, केन्द्रिय सदस्य लक्ष्मण कार्की, छिमेकी जिल्ला दोलखाका जिल्ला अध्यक्ष जीवन लामा,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, बागमती प्रदेशका सदस्याहरु बद्री नयाँघरे,विन्द्र गौतम, प्रेस संघठन रामेछापका अध्यक्ष युनिक विफा घिसिङ,नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी लगायतले बोलेका थिए ।

नेपाल दलित पत्रकार संघ नेपाल रामेछापका अध्यक्ष कार्याब्यस्तताका कारण जिल्लाबाहिर रहेका थिए ।

कार्याक्रममा आफ्नो धारण राख्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतमले स्थानीय स्तरमा सञ्चालित सञ्चारमाध्ययमहरुको संरक्षण स्थानीय सरकारले गर्नुपर्नेमा जोड दिए ।

निवर्तमान अध्यक्ष टिकप्रसाद भट्टले प्रविधिसंगै पत्रकारीता क्षेत्रमा सहयोग पुगेको बताउदै यसको सहि सदुपयोग गर्नु पर्नेमा जोड्दिए ।

पूर्वअध्यक्ष हिमाल ढुङ्गेलले चिठ्ठीको साहारामा पत्रकारीता सुरुवात गरेको स्मरण गर्दै प्रविधिको विकासले यो बिन्दुमा आउदाँ सुखद् भएको बताए । यसको उच्चतम प्रयोग गर्नुपर्छ भने ।

पूर्व अध्यक्ष नवराज पथिकले प्रविधिसंगै चुनौतिहरु पनि पत्रकारीतामा भित्रियएकाले यसलाई नियुनिकरण गर्दै नयाँ पुस्ताहरुलाई जिवन जिउने आधार र पूर्ण रोजगारीको रुपमा पत्रकारीता क्षेत्र विकास हुनु पर्ने भने ।

त्यस्तै बागमती प्रदेशका सदस्य नयाँघरेेले नयाँ आउने पुस्तालाई पत्रकारीताबाट सहि मार्गमालान भूमिका खेल्नु पर्नेमा जोड्दिए ।

त्यस्तै पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले विगतमा महासंघलाई आर्थिक समस्याका कारण काम गर्न समस्या भएको बताउदै आगामी दिनमा जिल्लाका सबै पत्रकारहरुको क्षमता विकास सहितका कार्याक्रम गर्ने तयारी रहेको सुनाए । महासंघको भवन निर्माण सकिएको भन्दै अबका सबै काम गर्न सहज हुने उनले बताए ।

अध्यक्ष मण्डलका संयोजक टिका प्रसाद भट्टको संयोजकत्वमा भएको बन्दसत्र कार्यक्रममा सचिव श्रेष्ठले प्रस्तुत गरेको पत्रकार महासंघ रामेछापको सांगठानिक प्रतिवेदन र कोषाध्यक्षको तर्फबाट जिल्ला अध्यक्षले ढुङगेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्वतले पारित भएको थियो ।

त्यस्तै जिल्लामा कोरोना भाइरस संक्रमणका बाबजुर गरिएको १८ औं साधारण सभामा जिल्लामा पत्रकारहरुको वर्तमान र विगतका बारेमा लामो बहस भएको थियो । कार्यक्रममा जिल्लामा सक्रियरुपमा कार्यारत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

फोटोहेर्नुहोस्

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

फेसबुक प्रतिक्रियाहरु