सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • रामेछापका पत्रकारहरुको विकासको लागि मन्थली नगरपालिकाले २० लाखको कोषखडा गर्छ- नगरप्रमुख बस्नेत
रामेछाप बिशेष

रामेछापका पत्रकारहरुको विकासको लागि मन्थली नगरपालिकाले २० लाखको कोषखडा गर्छ- नगरप्रमुख बस्नेत

मंसिर २८,

रामेछाप ।  रामेछापकोे मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले जिल्लामा रहेका पत्रकारहरुको विकासको लागि २० लाखको अक्षय कोष स्थापना गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ रामेछापको शनिबार मन्थलीमा भएको १८ औँ साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले यस्तो बताएका हुन् । उनले मन्थली नगरपालिकाले नगरभित्र सञ्चालित सञ्चार माध्ययम र त्यसमा कार्यरत पत्रकाहरुको हकहित र संरक्षणमा काम गरिरहेको बताउदै आफ्नो कार्यकालभित्र २० लाख बराबरको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाए ।

उनले भने पत्रकार अक्षय कोष स्थापना गर्ने योजनामा प्रत्येक वर्ष ५ लाखका दरले १५ लाखा रकम जम्मा भैसकेको छ, कानुनी जटिलताका कारण कोष बनाउन सकिएको छैन, चाडै आवश्यक कार्यविधि बनाएर कोष स्थापना गरी हस्तान्तरण गर्ने तयारी छ ।

उहाँले पछिल्लो समय पत्रकारीता क्षेत्रमा पनि समस्या देखिएकाले सुधारको आवश्यकता रहेको बताए । पछिल्लो समय पत्रकारीतामा विश्वसनियता समेत कम हुँदै गएकाले व्यावसायिक र मर्यादित पत्रकारीता अहिलेको आवश्यकता भएकोमा जोड्दिए ।  पत्रकारीले पेशालाई मर्यादित बताउन उनले सुझाव दिए ।

फेसबुक प्रतिक्रियाहरु