सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • भोली देशब्यापी हुने पर्दशनमा उत्साह र भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागीताका लागि देउवाको अपिल
समाचार

भोली देशब्यापी हुने पर्दशनमा उत्साह र भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागीताका लागि देउवाको अपिल

मंसिर २८,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विरुद्ध सोमबार गरिनेलागेको देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील गरेका छन् ।

आइतबार एक अपिल जारी गर्दै देउवाले भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको उल्लेख गरेका छन् । देउवाले सक्रिय सहभागीताका लागि नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरु संगै सबै लोकतन्त्रवादीमा अपील गरेका हुन् ।

प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको, भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको,यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको देउवाले औल्याएका छन् । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिन र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नेको शुरूवातको रुपमा भोलिको सांकेतिक प्रदर्शन हुनलागेको जनाएका छन् ।

प्रदर्शनको तयारीमा जुट्नु सबै तहका कार्याकर्ताहरुलाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन देउवाले अपील गरेका हुन् । देउवाले कोरोना महामारीको समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि तरुण दलका नेताहरुलाफ आग्रह गरेका छन् ।

साथै देउवाले ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको भन्दै उनले कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु