आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • नवजागरण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुःन श्याम थापाको अध्यक्षतामा ११ सदस्यी संचालक समिति गठन : यस्तो योजना सहकारीको
रामेछाप बिशेष

नवजागरण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुःन श्याम थापाको अध्यक्षतामा ११ सदस्यी संचालक समिति गठन : यस्तो योजना सहकारीको

मंसिर २८,

रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुःन श्याम थापानै चयन भएका छन् । शनिबार २२औँ वार्षिक साधारणसभा कार्याक्रम मार्फत सहकारीले थापाको अध्यक्षतामा आगामी ४ वर्षे कार्यकालको लागी ११ सदस्यी संचालक समिति गठन गरेको छ । कोरोना भाइरस संक्रमणका बाबजुर गरिएको कार्याक्रम भब्यताका साथ सम्पन्न भएको थियो । सोही साधारण सम्पन्न पश्चात बन्दसत्रबाट ३ सदस्यी लेखा सुपरिबेक्षण समिति र तीन सदस्यी युवा उपसमिति समेत निर्बिरोध निर्बाचित भएको गरेको छ । सहकारी जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा चिनिएको छ । कोरोना संक्रमणका बाबजुत् पनि सकाहारीले गत आर्थिक वर्षमा मात्रै ६६ लाख भन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ ।

आफ्नै २ करोड लागतमा सुविधा सम्पन्न भवन बनाउदै उचाईलाई छुदै गएको सहकारीको संचालक समितिको उपाध्यक्षमा दिपक कुमार कार्की क्षेत्री, सचिवमा सोमेश थापा, कोषाध्यक्षमा नारायण बहादुर कार्की चनय भएका छन् । त्यस्तै मञ्जु दंगाल सह-सचिव,भिमसेन थाप, दामोदर थापा,सुनिरा श्रेष्ठ, बविता कार्की, लालबहादुर मानन्धर, शोभा सुनुवार रिजाल सदस्यमा चयन भएका छन् । उनीहरुको कार्याकालमा संस्थाकोस सहित संस्थाका शेयर सदस्यहरुको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन ।

यो पनि पढ्नुहोस्- नवजागरण बचत तथा ऋण सहकारी संस्थाले ६६ लाख भन्दा बढी नाफा आर्जन गर्यो : २२ औं साधारण सभा सम्पन्न

त्यस्तै जगन्नाथ दाहाल र कबिता श्रेष्ठ लेखा समितिका सदस्य बनेका छन् । त्यस्तै सुरेश उदाश, रविन कार्की र पुष्कर भट्टराई युवा समितिका सदस्य बनेका छन् ।

सहकारी हाल नेपाल उधोग वाणिज्य महासंघ रामेछापको भवनमा भाडाको घरमा बस्दै मन्थली नगरपालिकाका १,२,३,४,५,६,७,८ , रामछाप नगरपालिकाको वडा नं ८ र ९, खाँडादेवी गाउँपालिकाको ४ र ५, लिखु तामाकोशी गाउँपालिकाको ५ र ७ मा कार्या क्षेत्र बनाई काम गरिरहेको छ । सहकारीले हाल ४४ कोरोडको कारोबार गरिरहेको सहकारीका अध्यक्ष श्याम थापाले बताएका छन् । त्यस्तै सहकारीले २०७६ सालमा नेपाल सरकार, सहाकरी विभाग त नेफ्स्कुन मार्फत नेपाल सरकारको (गुणस्तर (प्रोबेशन) ब्राण्ड प्राप्त गर्ने रामेछापको पहिलो संस्था बनेको छ ।

सहकारीको बारेमा थप जानकारी लिनु परेमा सहकारीको आधिरीक वेबसाईडमा हेर्नसकिने बताएको छ ।

www.nawajagaran.coop.np/en#popup1

फेसबुक प्रतिक्रियाहरु