आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • अवैध यार्सागुम्बा कारोबार गर्ने रामेछापको हिमगंगाका सुनिल तामाङसहित चार जना पक्राउ
दुर्घटना/अपराध

अवैध यार्सागुम्बा कारोबार गर्ने रामेछापको हिमगंगाका सुनिल तामाङसहित चार जना पक्राउ

मंसिर २८,

रामेछाप । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटारबाट यार्सागुम्बाको अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं सुकेधारा बस्ने सुर्खेतको बराहाताल गाउँपालिका-५ घर भएका ५५ वर्षीय शेरबहादुर थापा, काठमाडौं बूढानिलकण्ठ नगरपालिका-१० बस्ने संखुवासभाको चैनपुर नगरपालिका-२ घर भएका २२ वर्षीय हिमाल गुरुङ, काठमाडौंको गोकर्णश्वर नगरपालिका-५ जोरपाटी बस्ने सिन्धुलीको दुधौली नगरपालिका-६ घर भएका २४ वर्षीय विशाल परियार र काठमाडौंको गोकर्णश्वर नगरपालिका-४ माकलबारी बस्ने रामेछापको रामेछाप नगरपालिका -७ घर भएका ५९ वर्षीय सुनिल तामाङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले अवैध रुपमा राखिएको करिब ४ सय ६८ ग्राम यार्सागुम्बा समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु