आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • १९ वर्षीय किशोरीलाई बलात्कार गरी ९ महिना फरार रहेका राकाथुमका ७४ वर्षीय श्रेष्ठ पक्राउ
दुर्घटना/अपराध

१९ वर्षीय किशोरीलाई बलात्कार गरी ९ महिना फरार रहेका राकाथुमका ७४ वर्षीय श्रेष्ठ पक्राउ

मंसिर २५,

रामेछाप । अन्दाजी १९/२० वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेर फरार भएका एक रामेछाप सुनापति गाउँपालिकाका एक जना पक्राउ परेका छन् । उनी करिव ९ महिना फरार भएका थिए ।

पक्राउ पर्नेमा गाउँपालिकाको वडा नं १ राकाथुप पिपलटार घरभएका ७४ वर्षीय गणेश बहादुर श्रेष्ठ रहेका छन् । उनलाई बुधबार काठमाडौंको किर्तिपुरबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

श्रेष्ठले गत २०७६ साल फागुन २७ गते किशोरीमाथि जबरजस्ति कारणी गरेका थिए । श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतबाट अनुमिति लिएर जबर्जस्ती करणीमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु