शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • रामेछापमा मावनअधिकार कर्मीहरुको निशकर्ष : जिल्लामा आत्महत्या र हिंसा बढ्यो, शान्ति सुरक्षामा कडाई
रामेछाप बिशेष

रामेछापमा मावनअधिकार कर्मीहरुको निशकर्ष : जिल्लामा आत्महत्या र हिंसा बढ्यो, शान्ति सुरक्षामा कडाई

 

मंसिर २५

रामेछाप । रामेछाप जिल्लाका नागरिकहरुमा पछिल्लो समय आत्महत्या बढेको मानवअधिकारकर्मीहरुले निशकर्ष निकालेका छन् । आज जिल्लाको सदरमुकाम समेत रहेको मन्थलीमा भएको अन्तराष्ट्रिय मानवअधिकार दिवस २०२०, मावनअधिकार वर्षपुस्तक २०२१ को पूर्वसमिक्षा र महिला हिंसा अन्त्य विरुद्धको १६ दिने अभियान समापनको अवसरमा मानवअधिकार संजाल रामेछापले आयोजना गरेको समिक्षा कार्यक्रम यस्तो निश्कर्ष निकालिएको हो । कार्यक्रममा मन्थली नगरपालिकाका नगरप्रमुक रमेश कुमार बस्नेत, उपकप्रमुख माँया कुमारी कार्की, जिल्ला प्रहरी प्रमुख डिएसपी वसन्त पाठक, सरकारी वकिल यदुलाल शर्मा मानवअधिकारकर्मी, सरकारी तथा गैरसरकी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संचारकर्मीहरुको उपस्थितिमा भएको कार्यक्रमले जिल्लामा हिंसात्मक घटना पछिल्लो समय बढ्दै गएको र त्यसमा पनि आत्महत्या धेरै भएको बताएका हुन् ।

जिल्लामा २०२० भित्र भएका विभिन्न घटनाहरुको समिक्षा सहितको छलफलमा शान्ति सुरक्षामा प्रहरी प्रशासनले कडाईका साथ काम गरेको जानकारी दिएको छ । गाउँघरमा भएका सानातिना घटना बाहेक जघन्य अपराधका घटनाहरुलाई जिल्ला प्रहरीले मानवअधिकारको संरक्षणका निम्ति सधैव काम गरिरहरको डिएसपी पाठकले बताए ।

त्यस्तै स्थानीय तहबाट समग्र जिल्लामा कुनै अपराधिक क्रियाकलाप हालसम्म नभएको बताउदै स्थानीय स्तरमा हुने विभिन्न हिंसालाई अन्त्य गर्न स्थानीय सरकार लागि परेको नगरप्रमुख बस्नेतले बताए । उनले कोरोना भाइरस संक्रमणले विकास निर्माण लगाएत शिक्षा, स्वास्थ्यका क्षेत्रमा असर पारेको बताउदै आगामी दिनमा सबै सचेत हुदै हिंसात्मक गतिविधी न्युनिकरण गर्न लाग्नुपर्ने बताए । उनले आर्थिक आभावकै कारण हिंसा धेरै हुने गरेकोमा जोड्दिए ।

त्यस्तै नगरउप प्रमुख कार्कीले महिला हिंसा अन्त्य विरुद्धको दिवस नगरभित्रका ७ वडामा पुगेर जनचेतना फैलाउने उदेश्यसहित कार्यक्रम गरि मनाएको बताईन् । उनले महिलाहरुलाई ८० प्रतिशत घरबाटै विभिन्न खाले हिंसा हुने गरेको बताईन् ।

त्यस्तै जिल्ला सरकारी वकिल शर्माले जिल्लामा मावनअिकारको संरक्षाण सबैले आ-आफ्नो ठाउँबाट गर्नू पर्नेबताउदै कानुनी पक्ष सधैव सचेत भएको बताए  ।

भिडियो टुवीट्मा Follow गरेर हेर्नसक्नु हुने छ । 

फेसबुक प्रतिक्रियाहरु