आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निमित्त सर्बपक्षिय सम्मेलन गरौ : कमल थापा
समाचार

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निमित्त सर्बपक्षिय सम्मेलन गरौ : कमल थापा

मंसिर २५,

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरि राजा देखि बिप्लब माओवादी सम्म अट्ने राज्य ब्यबस्था आबश्यक भएको बताएका छन् । आज हेटौंडामा पार्टीको चुनाव चिन्ह “हलो” तथा झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निमित्त सर्बपक्षिय सम्मेलन हुनुपर्ने माग गरे ।

उनले नेपाली जनताको अभिमतबाट , राजनीतिक दलहरुको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने स्पष्ट पार्दै बिदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने बताए । नेपाली जनता,राजनीतिक दल,नागरिक समाज र बुद्धिजीवीहरुको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्न थापाले जोड दिए ।

गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता बिदेशिको एजेन्डा भएको चर्चा गर्दै थापाले जनताले बिस्तारै यो गम्भीर बिषय बुझ्दै गएको थापाले बताए। राजसंस्था र हिन्दुराष्ट्रको माग राखी देशब्यापी जनप्रदर्शन भएकोमा थापाले खुशी प्रकट गरेका छन् । राप्रपाले उठाएको एजेन्डा प्रती जनसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्रदर्शन परिचालित नभएको दाबी गरे ।

मुलुकमा बिकृती बिसङ्गती ,भ्रष्टाचार, बेरोजगारी व्यापक भएको भन्दै संबैधानिक अङ्ग ,न्यायालय,प्रहरी प्रशासनमा देखिएको सेटिङ्ग,प्रभाब, हस्तक्षेपको तिब्र आलोचना गरे । राप्रपालाई मुलुकको बैकल्पिक शक्ति बनाउन जनताको सहयोग आबश्यक भएको भन्दै संगठन सुदृढीकरणमा लाग्न थापाले कार्यकर्तालाई निर्देशन दिए ।

परिबर्तन पछि राजा ज्ञानेन्द्रको शालिन र मर्यादित भुमिका र व्यबहारको पनि थापाले खुलेर प्रसंशा गरे । कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य मधु अधिकारिले मुलुकमा ब्याप्त बिकृती र बिसङ्गतीका कारण बिद्रोहको अबस्था श्रीजना भएको बताए ।

राप्रपाका युबा नेता राजाराम बर्तौलाले राप्रपा र पार्टी नेतृत्वका कारण एजेन्डाको जग खडा भएको भन्दै राप्रपाको नेतृत्वमा अब आन्दोलनको आधिबेहरी ल्याउनुपर्नेमा जोड दिए। कार्यक्रममा नेताहरु बिजय खड्का,नबराज बिष्ट , बालकृष्ण कार्की, रामहरि न्यौपाने ,खिल चौलागाईं , ज्ञानेन्द्र ढुङ्गेल, गुरु प्रसाद सापकोटा र इन्दिरा पाठक लगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रियाहरु