आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मन्थली नगरपालिका सडक मानव मुक्त घोषणको तयारी, हामी अराजक भयौं- रमेश बस्नेत (भिडियो)
रामेछाप बिशेष

मन्थली नगरपालिका सडक मानव मुक्त घोषणको तयारी, हामी अराजक भयौं- रमेश बस्नेत (भिडियो)

मंसिर २६,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले आफ्नो नगरपालिका चाडै सडक मानव मुक्त घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।

बिहिबार मन्थली नगरपालिकास्थित जिएस होटलमा भएको एक कार्याक्रमलाई सम्बोधन गर्दै उनेल यस्तो बताएका हुन् । उनले भने हामी चाँडै नै सडक मावन मुक्त बनाउने तयारीमा छौं, केही समय पहिले यो नगरपालिकामा सडक मानव मुक्त समेत बनाएका थियौं, तर अहिले कता-कताबाट आएका ४ जना सकमा देखिएको छ, उहाँहरुलाई पनि हामी ब्यवस्थित् गर्ने काम गरिरहेका छौं, सडकमा यत्त्रतत्त्र सडकभरी मानिस बसेको देख्दा नगरपालिकाको पनि इज्जतको सवाल छ, रमेशकुमार बस्नेतको इज्जतको सवाल छ, त्यस्तैले हामी चाँडै नै सडक मानव मुक्त नगरपालिका घोषणा गर्ने तयारी गरिरहेका छौं । मिति तय गरिएको छैन चाँडै गर्ने छौं भने ।

त्यस्तै उनले महिला हिंसा अन्त्य बिरुद्धको १६ दिने अभियानलाई समेत सम्बोधन गर्दै आफ्नो नगरपालिकाभित्रकामा विगतको तुलनामा बाल श्रम काम भएको दाबी गरेका छन् । बैबाहिक अवस्था नगरपालिकाका दयालाग्दो रहेको सुनाए ।

त्यस्तै नगरभित्रका कोही बालबालिका विद्यालय बाहिर नरहने गरी काम गर्ने र गरिरहेको बताए । फरक प्रशंगमा उनले प्रविधिको विकासलाई प्रयोग गर्द हामी सबै धेरै अराजकता, असामाजिक, गतिछाडा र चेतनाबढी भएको हो कि भन्ने अवस्थामा पुगेको बताए ।

कानुनी जटिलताले जनप्रतिनिधिहरुलाई समस्यामा परेको उनले गुनासो गरे । विभिन्न खाले हिंसाहरुलाई न्युन गर्ने तर्फ आफूहरु लागेको बताउदै सबैले भूमिका खेल्नू पर्ने बताए ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु