आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मन्थलीका थप ४ जनामा कोरोना पुष्टि : जिल्लामा संक्रमितको संख्या ४८९
रामेछाप बिशेष

मन्थलीका थप ४ जनामा कोरोना पुष्टि : जिल्लामा संक्रमितको संख्या ४८९

मंसिर २५,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका थप ४ जनामा कोरोना पुष्टि भएको छ ।

गत २३ गते परीक्षणको लागि पठाइएको ९ जनाको स्वाबमा ४ जनाको पोजेटिभ आएको जिल्ला अस्पताल रामेछापले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोजेटिभ हुनेमा नगरपालिकाको वडा नं १ का ४१ र ३४ वर्षीय पुरुषमा रहेका छन । त्यस्तै वडा नं १ कि ३२ वर्षीय र  वडा नं ५ कि ३० वर्षीय महिलाहरु रहेका छन्  ।

बिहिबार एक जना संक्रमित उपचारपछि निको भएर घरफर्किएका छन्  ।

बिहिबारसम्ममा २ हजार २ सय जनाको रिपोर्ट नेगेटिभ आएको विज्ञप्तिमा उल्लेख छ । १८ जनाको स्वाब रिपोर्ट आउन बाँकि रहेको उल्लेख छ । त्यस्तै बिहिबार सम्म २ हजार ४ सय २० जनाको कोरोना परिक्षण गरिएको छ । बिहिबार १८ जनाको स्वाब संकलन गरिएको छ ।

रामेछाप जिल्लाबाट पठाएको स्वाबमा हालसम्मा २०२ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ ।

त्यस्तै रामेछाप जिल्ला घर भई रोजगारीको लागि विभिन्न जिल्लामा वसोबास गर्दै आएका ८५ जना महिला सहित २ सय ८७ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

योसहित जिल्लामा कोरोना संक्रमिको संख्या ४ सय ८९ जना पुगेको छ ।

प्रेस विज्ञप्ति

No description available.

फेसबुक प्रतिक्रियाहरु