शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो (Live)
समाचार

सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो (Live)

मंसिर २३,

काठमाडौं । विश्वको सर्वोच्चो शिखर सगरमाथाको उचाइ घोषणा कार्यक्रम भएको छ ।

भर्चुवाल विधिमार्फत भएको कार्यक्रममा सगरमाथाको उचाई घोषण गरिएको हो ।

घोषणा गरिए अनुसार सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटरबाट विद्ध भै ८६ सेन्टिमिटर बढेको हो । नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो ।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे ।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।

भिडियो हेर्नुहोस्

 

फेसबुक प्रतिक्रियाहरु