आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं, ओखलढुङ्गा र तेह्रथुमबाट एक एक पक्राउ
दुर्घटना/अपराध

जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं, ओखलढुङ्गा र तेह्रथुमबाट एक एक पक्राउ

मंसिर २१, फाइल फोटो
काठमाडौं । नौं वर्षीय बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं २१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्री बहादुर धिताल हरेका छन् । उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनसाथ  महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीको टोलिले उनला पक्राउ गरेको जनाएको छ ।

त्यस्तै ओखलढुङ्गामा १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका वडा नं- ६ का ३४ वर्षीय अम्मर बहादुर नेपाली रहेका छन् । उनलाई घोराखोरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई पहरीले शनिबार पक्राउ गरेको हो ।

त्यस्तै उता तेह्रथुममा ५१ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेदाप गाउँपालिका-३ जलजलेका २५ वर्षीय सिंहराज खापुङ रहेका छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार खापुङले मादक पदार्थ सेवान गरी महिलालाई जबरजस्ती करणी गरेका थिए । घनटाको खबर हुन साथ प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तीन वटै घटनाबारे थप अनुसान्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु