शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्काको नाममा प्रहरी जवानतर्फको परीक्षा दिने पक्राउ
दुर्घटना/अपराध

अर्काको नाममा प्रहरी जवानतर्फको परीक्षा दिने पक्राउ

मंसिर २१,

सुर्खेत । अर्काको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २२ वर्षीय राम शाही रहेका छन् । उनलाई शनिबार पक्राउ गरिएको हो ।

उनले हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगमा उनले परीक्षा दिएका थिए ।

घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु