आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सोलुखुम्बुको शिशाखानीबाट भरुवा बन्दुक सहित एक जना पक्राउ
दुर्घटना/अपराध

सोलुखुम्बुको शिशाखानीबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

मंसिर २१, फाइल फोटो

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं १ शिशाखानीबाट एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम खुलाइएको छैन् ।

उनलाई शिशाखानी जंगल छेउको खोलाको किनारबाट एकनाले भरुवा बन्दुकसहित गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लुकाई राखेको अवस्थामा प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु