शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राष्ट्रिय संगीतकर्मी संघको जिल्ला अधिवेशन पौष ११ गते मन्थलीमा हुदै
रामेछाप बिशेष

राष्ट्रिय संगीतकर्मी संघको जिल्ला अधिवेशन पौष ११ गते मन्थलीमा हुदै

मंसिर १६,

रामेछाप । राष्ट्रिय संगीतकर्मी संघ रामेछाप जिल्ला अधिवेशन आगामी पौष ११ गते शनिबार मन्थलीमा हुने भएको छ ।

संघको बागमती प्रदेशका १३ जिल्लाको जिल्ला अधिबेशन र प्रदेश अधिबेशनको गर्न तिवृ गतिमा लागेको अवस्थामा रामेछापमा जिल्ला अधिवेशन गर्न लागेको संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले जानकारी दिए ।

हाल यस संगीतकर्मी संघले बागमती प्रदेशका जिल्ला तथा गाउँपालिका सम्म आफ्नो शाखा विस्तारमा लागेको छ ।

यसैबिच संघले पर्बत जिल्लाको प्रथम जिल्ला अधिबेशनबाट प्रकाश रेग्मी क्षेत्रिको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिलाई गठन गरेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा संघको सचिबमा डिबि दर्पन (लमजुङ ) र प्रबक्तामा पुर्ण वाग्ले इतिहास( स्याङजा) चयन गरेको छ ।

त्यस्तै यता रामेछापको उमाकुण्डमा जिवन घतानीको अध्यक्षता १३ सदस्यीय समिति गठन गरी सकेको छ ।

त्यस्तै संघ सिन्धुपाल्चोक जिल्लामा पिताचन्द्र न्यौपानेको अध्यक्षतामा समिति गठन गरिसकेको छ ।

अध्यक्ष कार्कीका अनुसार हालसम्ममा १० भन्दबढी जिल्लाहरुको जिल्ला अधिवेशन सम्पन्न भैसकेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु