शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • १० वर्षको अवधिमा आगलागीका घटना बृद्धि : ५७ जनाको मृत्यु, ३८० जना घाइते,२,५१६ प्रवाभित
दुर्घटना/अपराध

१० वर्षको अवधिमा आगलागीका घटना बृद्धि : ५७ जनाको मृत्यु, ३८० जना घाइते,२,५१६ प्रवाभित

मंसिर १४,

काठमाडौं । विगत १० वर्षको मनसुन अवधिको तथ्याङ्कले आगलागीका घटना बृद्धि भएको देखापको छ । आगलालीबाट प्रत्यक्ष प्रभावित परिवार संख्या पनि बढीरहेको राष्ट्रिय विपद् ब्यवस्थापन जोखम नियुनिकरण तथा  ब्यबस्थापन प्राधिकारणले आइतबार जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार गत २०७७ जेष्ठ ३० देखी २०७७  असोज ३० गतेसम्ममा आगलागीमा परी ८ जनाको मृत्यु भएको छ । भने ९५ जना घाइते भएका छन् ।

४ सय २६ वटा आगलागीका घटनामा परी ५ सय ५२ घरपरिवार प्रभावित भएको प्राधिकरणले जानकारी दिएको हो ।

गत २०७६ सालमा ४ सय ९४ वटा आगलागीका घटनामा परी ६२ जना घाइते भएका थिए भने ५९० प्रभावित भएका थिए ।

त्यस्तै ०७५ सालमा ७ जनाको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए । त्यस्तै ४०७ वटा घटनामा परी ४७१ प्रभावित् भएका थिए ।

त्यस्तै ०७४ सालमा ८ जनाको मृत्यु भएको थियो । ३४ जना घाइते, २३८ वटा घटनामा ३७२ प्रवावित् भएका थिए । १० वर्षको तथ्याङ्कलाई हेर्दा आगोलागीमा परी ५७ जनाको मृत्यु भएको छ ।

त्यस्तै ३८० जना घाइते भएका छन । त्यस्तै आगोलागीमा परी २ हजार ५ सय १६ प्रवाभित भएको प्राधिकारणले जनाएको छ ।

यो तथ्याङ्क हेर्नुहोस्Image

फेसबुक प्रतिक्रियाहरु