सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जीप दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु : दुई जना गम्भिर घाइते
दुर्घटना/अपराध

जीप दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु : दुई जना गम्भिर घाइते

मंसिर १२ ,

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका वडा नं ४ मा बोलेरो जीप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । भने दुई जना गम्भिर घाइते भएका छन् ।

वडाको हुल भन्ने ठाउँमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए । घाइतेहरुको उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको  इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

त्यस्तै इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना थिए ।

दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरु उद्धारमा जुटेको इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु