शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • दोरम्बामा बनेको प्रहरी चौकी बागमती प्रदेशका मन्त्री जम्कट्टेलबाट उद्घाटन : पालिका प्रमुखबाट अस्पताल शिलन्यास हुदै
रामेछाप बिशेष

दोरम्बामा बनेको प्रहरी चौकी बागमती प्रदेशका मन्त्री जम्कट्टेलबाट उद्घाटन : पालिका प्रमुखबाट अस्पताल शिलन्यास हुदै

मंसिर १२,

रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका वडा नं-२ मा निर्माण सम्पन्न भएको नेपाल प्रहरीको पक्की भवन उद्घाटन  हुने भएको छ । भने दोरम्बा अस्पताल शिलान्यास हुने भएको छ ।

निर्माण सम्पन्न भएको नेपाल प्रहरीको पक्की भनव बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले आउदो आइतबार उद्घाटन गर्ने वडा नंको कार्यालयले जनाएको छ ।

त्यस्तै आउदो सोमबार गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले दोरम्बा अस्पतालको पक्की भवन शिलान्यास गर्ने पनि जानकारी दिएको छ । त्यहाँ १५ शैय्याको अस्पताल बन्ने छ ।  १५ शैयाको अस्पताल निर्माण गर्नको लागि गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र जग्गा प्राप्तिको काम सम्पन्न गरिसकेको पालिका प्रमुख मोक्तानले बताए ।

दोरम्बा गत बर्षदेखि डाक्टर सहितको अस्पताल सञ्चालनमा आइसकेको छ । सरकारको निर्णय अनुसार १५ गते दोरम्बा गाउँपालिकासहित  लिखु तामाकोशी गाउँपालिकामा पनि १५ शैयाको अस्पताल बन्नेछ भने सुनापती र उमाकुण्ड गाउँपालिकामा १०/१० शैयाको अस्पताल निर्माण हुने छ । अस्पतालको शिलान्यासँगै यस आर्थिक वर्षबाटै निर्माणको काम अगाडि बढाउन संघीय सरकारले बजेट समेत विनियोजन गरिसकेको छ ।

निर्माण सम्पन्न भएको प्रहरी भवन
निर्माण सम्पन्न भएको प्रहरी भवन

फेसबुक प्रतिक्रियाहरु