सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • रामेछापमा दुई कर्मचारी,एक स्वास्थ्यकर्मी सहित थप ४ जनामा कोरोना : जिल्लामा संक्रमितको संख्या ४५२
रामेछाप बिशेष

रामेछापमा दुई कर्मचारी,एक स्वास्थ्यकर्मी सहित थप ४ जनामा कोरोना : जिल्लामा संक्रमितको संख्या ४५२

मंसिर १२,

रामेछाप । शुक्रबार रामेछाप जिल्लामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल रामेछापबाट पठाएको दुईको स्यामपलमा २९ वर्षीय स्वास्थ्यकर्मी र मन्थली नगरपालिकाबाट पठाएको ३९ जनाको स्वाबमा २४ वर्षकमा नेपाल विधुत प्राधिकरणमा कारररत कर्मचारी र मन्थली नगरपालिका वडा नं १३ की ४९ वर्षीय महिला  छिन् ।

त्यस्तै ४९ वर्षकै एक पुरुष नेपाल टेलिकम रामेछापका कर्मचारी छन् । उनीहरु सबै जना होम आइसोलेसनमा बसेको जिल्ला अस्पताल रामेछापले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । एक ३१ वर्षीय महिला र ५६ वर्षका पुरुषमा भने कोरोना पुःन पोजेटिभ आएको छ ।

हालसम्ममा जिल्लाबाट संकलन गरी परिक्षणका लागि पठाएको स्वाबमा पोजेटिभ हुनेको संख्या १ सय ९४ जना पुगेको छ ।

त्यस्तै जिल्लाबाहिर रहेका रामेछापेलीहरुलाई संक्रमित हुनेको संख्या ७८ जना महिलासहित २ सय ५८ जना रहेको छ ।

योसहित जिल्लाका संक्रमित् हुनेको संख्या ४ सय ५२ जना पुगेको छ ।

त्यस्तै २३७२ जनाको परीक्षण भएको छ ।

प्रेस विज्ञप्ति

 

No description available.

फेसबुक प्रतिक्रियाहरु