सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • महासमिति सदस्य ईश्वरी कोइरालाको निधन प्रती कांग्रेसद्वरा दुःख ब्यक्त
समाचार

महासमिति सदस्य ईश्वरी कोइरालाको निधन प्रती कांग्रेसद्वरा दुःख ब्यक्त

मंसिर

काठमाडौं । नेपाली कांग्रेसले मोरङ जिल्लाबाट महासमिति सदस्य एवं क्षेत्रीय सभापतिको निधन प्रति शोक ब्यक्त गरेको छ ।

६३ वर्षीय ईश्वरी कोइरालाको शुक्रबार बिहान १०ः२४ बजे विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । स्वर्गीय कोइराला मोरङ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं- १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत थिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले स्मरण गरेको छ । उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार व्यक्तित्वलाई गुमाएको कांग्रेसका मुख्या सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय कोइरालाले पु¥याएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उनी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनको आत्माको चिर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु