बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • हाम्रो सुनौलो संसार बाल आश्रमको भवन मन्त्री श्रेष्ठद्वरा शिलान्यास (फोटोफिचर)
गोकर्नेश्वोर बिशेष

हाम्रो सुनौलो संसार बाल आश्रमको भवन मन्त्री श्रेष्ठद्वरा शिलान्यास (फोटोफिचर)

मंसिर १०,

काठमाडौं । हाम्रो सुनौलो संसार बाल आश्रमको भवन बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शिलान्यास गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटीमा रहेको सो संस्थाको बुधबार भवन निर्माणको लागि शिलन्यास् गरिएको हो । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ को गागलफेदीमा एक कार्यक्रमका बिच सोही नगरपालिकाका मेयर कृष्णहरि थापा, गोकर्णेश्वर नगपालिकाका उपमेयर शान्ति नेपाल, गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष नारायण सुवेदी, कागेश्वरी नगरपालिका वडा नं १ का अध्यक्ष, धार्मिक सदभावना दुध् रेखा अर्याल, आश्रमका प्रमुख संरक्षक तथा समाजसेवी राजु सुनार, गागलफेदी स्थानका समाजसेवीहरु लगायत विभिन्न सामाजिक व्यक्तित्तवको उपस्थितिमा भवनको शिलन्यास गरिएको हो ।

कार्यक्रममा बाल आश्रमलाई विभिन्न सहयोग पुर्याउदै आउने व्यक्तिहरूलाई सम्मान गर्दै मायाको चिनो समेत प्रदान गरिएको थियो।

फोेटोहेर्नुहोस्

फोटो : जुनेली न्युज/ सुवाश बराइली

फेसबुक प्रतिक्रियाहरु