बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ७० लाख रुपैयाँ घुस प्रकरणमा रामेछाप मन्थलीका लम्बोदर न्यौपाने पक्राउ
रामेछाप बिशेष

७० लाख रुपैयाँ घुस प्रकरणमा रामेछाप मन्थलीका लम्बोदर न्यौपाने पक्राउ

मंसिर १०,

रामेछाप । नेपाल इञ्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने पक्राउ परेका छन् । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा न्यौपानेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

रामेछापको मन्थली नगरपालिका ८ का न्यौपाने काठमाण्डौको चण्डोलमा बस्दै आएका थिए । उनलाई उनकै निवास चण्डोलबाट पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिए ।

इञ्जिनियरिङ कलेजमा दुई कार्यकालमा आठ करोड २१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा उनीसहित पाँच जनामाथि अनुसन्धान चलिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु