शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • उपप्रमुख खड्काबाट दीप प्रज्वलन गरी लैंगिक हिंसा अन्त्य बिरुद्धको १६ दिने अभियानको उद्घाटन
रामेछाप बिशेष

उपप्रमुख खड्काबाट दीप प्रज्वलन गरी लैंगिक हिंसा अन्त्य बिरुद्धको १६ दिने अभियानको उद्घाटन

मंसिर १०,

रामेछाप । “लैंगिक हिंसा अन्त्यको प्रतिवद्वता: व्यक्ति समाज र सबैको ऐक्यवद्वता” भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान कार्यक्रममा रामेछाप नगरपालिकामा बुधबार साँझ दीपप्रज्वलन गरी प्ररम्भ गरिएको छ ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो । हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ । सोही अनुसार नेपालमा पनि यो कार्यक्रम मनाइदै आइएको छ ।

बुधबारदेखि देशभरी १६ दिने अभियानकै रुपमा महिला हिंसा बिरुद्धको दिवस मनाइदै छ । सोही अनुसार देशैभरीका गाउँपालिका तथा नगरपालिकाले पनि अभियान सुरु गरेका छन् । सोही बमोजिक रामेछाप नगरपालिकाले पनि उप-प्रमुख सृजना खड्काबाट दीप प्रज्वलन गरी अभियानको सुरु गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु