आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • उमाकुण्ड : गुम्देलमा ६ महिनादेखि अध्याँरोमा रात काट्दै स्थानीय, केन्द्रीय प्रशारण लाईन कुर्ने आशा मर्यो स्थानीयको
रामेछाप बिशेष

उमाकुण्ड : गुम्देलमा ६ महिनादेखि अध्याँरोमा रात काट्दै स्थानीय, केन्द्रीय प्रशारण लाईन कुर्ने आशा मर्यो स्थानीयको

मंसिर ०६,

रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका १ गुम्देलका स्थानीय अध्यारो रात काट्न बाध्य परेका छन् ।

साविकको वडा नं ५ बाल्दिङ्का करिव ७० घर परिवार अध्यारोमा रात बिताउन बाध्य परेका हुन् । बिगतमा वडा नं ४ स्थित ठाडो खोलाबाट निकालिएको ३ किलोवाट क्षमताको बिजुली प्रयोग गर्दै आएका स्थानीय अहिले करिब ६ महिनादेखि विधुत मेसिन बिग्रिएको र सम्बन्धित निकायले चासो नदिँदा उनीहरु अध्यारोमै रात काट्न बाध्य परेका हुन् ।

त्यही गाउँको ५ मिनेट माथि धुपी गाउँमा बत्ति बल्छ तर बाल्दिङ्ग्मा बल्दैन । उनीहरुले दशै तिहार अध्यारोमै बिताए । मोबाईल चार्ज गर्न माथिलो गाउँ धाउने गर्दछन् । कोरोना भाइरस संक्रमणले पीडित बनाएको अवस्थामा अध्यारोमा रात काट्नु पर्दा झन समस्या भएको स्थानीय मिनेन्द्र बस्नेतले बताए । उनले भने हामी करिब ६ महिनादेखि अध्यारोमै बसिरहेका छौं । गाउँपालिकाले केन्द्रीय प्रशारण लाईन चाडै आउँछ भनेको छ । त्यसैले हामी कुरेर बसेको, बसेको बसै, भयौं । वरिपरीका गाउँहरु साँझ पर्ने बित्तिकै झलमल हुन्छन् तर हाम्रो गाउँ अध्यारोले घर पनि देखिदैन समस्या छ । उप-प्रमुख ज्यूलाई पनि भनेका हौं । उहाँले चाडै समस्या हल हुन्छ भन्नु हुन्थ्यो कता आई पुग्यो थाहा छैन् । आशामै बसेका छौं ।

पालिकाको वडा नं १ गुम्देलमा हालसम्ममा केन्द्रीय प्रशारण लाईन बलेको छैन् । निर्माणको चरणमा छ । त्यहाँ विधुतको पोल गाड्ने काम वोल्ड बैंक (एडिबी) ले  गरिरेको थियो । कोरोना भाइरस संक्रमण सुरु भएयता काम ठप्प छ । गाडेका पोल पनि कतै ढल्न थालेका छन् । लामो समय वितिसक्दा पनि काम सम्पन्न नहुदा स्थानीयमा आशा समेत मर्न थालेको बताउछन् स्थानीयहरु ।

स्थानीयहरुको सक्रियतामा गत २०४९ सालमा ठाडोखोलामा ३ किलोवाड्को बत्ति बलेको थियो । बत्ति बाल्नको लागि स्थानीय करिव ५० घर परिवारले श्रमदान गरेका थिए । भने ६-६ हजारको दरले पैसा जम्मा गरेका थिए । सो बत्ती अहिले आएर बन्द हुदाँ स्थानीयहरु अध्यारोमा रात बिताउन बाध्य परेका हुन् ।

स्थानीय चुनावको असर 

तत्कालीन समयमा नेपाल कम्युनिष्ट पार्टी माओवादी, ऐमाले र नेपाली कांग्रेसका सम्बद्ध निकाए रहेको गाउँमा स्थानीय सरकार गठन भएपछि बत्ति बाल्न समस्या भएको स्रोतको भनाई छ । स्रोतले भन्यो- पहिले माओवादीको सरकार हुदा बत्ति बल्या थियो । चुनावमा उठर हारिहाले हारेपछि बत्ति पनि केही महिनाता बल्यो तर अहिले त बाल्दिनै छाडे । तारपनि निकाली सके त्यसैले बत्ति छैन् ।

यता उमाकुण्ड गाउँपालिका प्रमुख शेर बहादुर सुनुवारले चाँडै गाउँपालिका भरी बत्ति बल्ने बताएका छन् । जुनेली न्युजसंग कुरागर्दै उनले भने मैले २ वर्षमा बत्ति बाल्छु भनेको थिए तर निर्माण पक्षले मलाई झुक्यायो, भनेको समय सकियो, अब दशैतिहार पनि सकियो र निर्माण पक्षलाई पनि हामीले तत्काल काम गर्न पहल गरिरहेका छौं । चाँडो भन्दा चाँडो पूरै पालिकामा बत्ति बाल्ने योजना सफल पर्ने छौं ।

गुम्देलको बाल्दिङको स्थानीयहरुको पीडा हामीले पनि महसुस् गरेका छौं । म एडिबीलाई चाँडो भन्दा चाँडो निर्माणको काम सुरु गर्न भन्ने छु । हैन भने पालिकाले आफै काम गर्ने छ तर आश्वसन बाँड्ने काम हुदैन जसरी पनि हामी बत्ति बालेरै छाड्नेछौं । एडिबीले ५ महिना भित्रै बत्ति बाल्दिने भनेको थियो तर अहिले सम्ममा पोल गाड्ने काम बाहेको कतै काम सम्पन्न भएको छैन । त्यसैले अब एडिबीले काम नगर्ने हो भने हामीलाई भन्नुपर्यो हामी आफै काम गर्न तयार छौं भने । उनले गाउँपालिकाले २१ करोड लागमा सम्पन्न हुने अनुमाग गरेका थियौं भने ।

फेसबुक प्रतिक्रियाहरु