आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • उमाकुण्डमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न पालिकाको निर्देशन
रामेछाप बिशेष

उमाकुण्डमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न पालिकाको निर्देशन

मंसिर ०८,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले मातहतका विद्यालयहरुलाई, विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न निर्देशन दिएको छ ।

गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले आइतबार गाउँपालिकाका शिक्षा शाखा प्रमुख ङावा शेर्पालाई पालिकाभित्रका सबै विद्यालयहरुलाई स्वास्थ्य शाखासंग समन्वय गरेर तत्काल संचालनमा ल्याउन निर्देशन दिएको पालिका प्रमुख सुनुवारले जुनेली न्युजसंग बताए ।

उनले भने-मैले पालिकाभित्रका सबै विद्यालयहरु तत्काल संचालन गर्नु पर्ने भनेको छु । त्यसको लागि स्वास्थ्य शाखा संग समन्वय गर्नु भनेको छु । हामी ढुङ्गेयुगको रुपमा बस्नु हुदैन अब केही गर्नु पर्छ, कोरोना संक्रमणसंग हामी लड्नै पर्छ । त्यसै पनि हाम्रा सन्ततीहरुको भविष्य अध्यारोमा लान हुदैन, तत्काल विद्यालय संचालन गर्नु पर्छ । हामी केहीदिनमै विद्यालय संचालन गर्ने छौं ।

गत चैत्रदेखि कोरोना भाइरस संक्रमणका कारणले पालिकासहित देशभरीका विद्यालयहरु बन्द अवस्थामा छन् । भने केही विद्यालयहरु खुल्न थालेका छन् । केहीले अन्लाई कक्षा संचालन गरी रहेका छन् ।

उमाकुण्डमा कक्षा ११ को परीक्षा पनि गत मंसिर ३ गतेदेखि संचालन भैरहेको छ । परीक्षमा करिव २ सय ५० विद्यार्थीको सहभागिता छ ।

 

फेसबुक प्रतिक्रियाहरु