आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • पत्रकारको दुर्घटना बिमा गर्न सञ्चार मन्त्रालयको आग्रह
समाचार

पत्रकारको दुर्घटना बिमा गर्न सञ्चार मन्त्रालयको आग्रह

मंसिर ०८,

काठमाडौं । पत्रकारहरुको दुर्घटना बिमा गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रशासरण विभागले आग्रह गरेको छ ।

सोमबार एक सूचना मार्फत मन्त्रालयले यस्तो जनाएको हो । आर्थिक वर्ष २०७७/०७८ को लागि पत्रकारहरुको दुर्घटना बिमा गर्ने विभाग र बिमा कम्पनी बिच सम्झौता भएअनुसार बिमा गर्न आग्रह गरेको छ ।

बिमा गर्नको लागि पत्रकारहरुले प्रेस प्रतिनीधिको आवश्यक कागजातसहित नेपाल पत्रकार महासंघमा सम्पर्क गर्न मन्त्रालयले जानकारी गराएको छ ।

सूचना हेर्नुहोस्

No description available.

फेसबुक प्रतिक्रियाहरु