बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • स्याङ्जाकी जमुना पाण्डेको निधन प्रति कांग्रेसद्वरा दुःख ब्यक्त
समाचार

स्याङ्जाकी जमुना पाण्डेको निधन प्रति कांग्रेसद्वरा दुःख ब्यक्त

मंसिर ८,

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जाको गल्याङ नगरपालिका वडा नं-१ निवासी जमुना पाण्डेको निधन प्रति दुःख ब्यक्त गरेको छ । उनको ९८ वर्षको उमेरमा गत मंसिर १ गते आफ्नै निवासमा निधन भएको थियो ।

स्वर्गीय पाण्डे नेपाली जनसम्पर्क समिति, मुम्बई भारतका पूर्व महामन्त्री वुद्धिसागर पाण्डे, स्व. ज्ञानप्रसाद पाण्डे, सह प्राध्यापक दुर्गाप्रसाद पाण्डे र यज्ञप्रसाद पाण्डेको ममतामयी माता एवं नेपाली कांग्रेस स्याङ्जाका पूर्व महासमिति सदस्य तथा उपप्राध्यापक भूमा पाण्डेको सासु आमा हुन् ।

स्वर्गीय पाण्डेको परिवारका सदस्यहरुले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएको कांग्रेसले स्मरण गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक वक्तब्यमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु