शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफ इन्सोरेन्सद्वरा एक तोला सुन हस्तान्तरण
रामेछाप बिशेष

रिलायबल नेपाल लाइफ इन्सोरेन्सद्वरा एक तोला सुन हस्तान्तरण

मंसिर ०५,

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित् रिलायबल नेपाल लाइफ इन्सोरेन्स लिमिटेड्ले आफ्ना अभिकर्तालाई एक तोला सुन हस्तान्तरण गरेको छ ।

शुक्रबार कम्पनीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लक्की ड्र मार्फत कार्यालयले एक तोला सुन हस्तान्तरण गरेको हो । दशैतिहारको उपलक्ष्मा कम्पनीले आफ्नो ब्यवसायलाई थप अगाडी बढाउन ल्याए पोलिसी अन्तर्गत रामेछापको मन्थली नगरपालिका ४ सालुका विपिन भट्टराईलाई लक्की ड्र मार्फत परेको एक तोला सुन हस्तान्तरण गरेको हो ।

भट्टराई सामाजिक अभियान्ताको रुपमा (रासम) रामेछाप सहयोगी मन नामक संस्थामार्फत विभिन्न काम गर्दै आएका छन् । उनी एक निजि संस्थामा काम पनि गर्दछन् । लक्की ड्र लिदै उनले आफूले पाएको सो सुन पनि सामाजिक कार्यको लागि प्रयोग गर्ने बताएका छन् ।

त्यस्तै कम्पनीका ब्रान्च म्यानेजट सन्तोष श्रेष्ठले आफ्नो शाखाबाट परेको देशैभरिको एक मात्रै ड्र आफ्नो शाखाका अभिकर्ता समेत रहेका भट्टराईलाई परेकोमा खुसी ब्यक्त गरे । उनले अझै पनि पुरस्कार जित्न  मौक रहेकाले पुरस्कार लिनको लागी कम्पनीमा इन्सोरेन्स गरेर मौकाको फाइदा लिन आनुरोध गरे ।

 

फेसबुक प्रतिक्रियाहरु