शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नवजागरण दोस्रो वर्ष पनि रामेछापको उत्कृष्ट सहकारी घोषित् : ४५ करोडको पूँजी
रामेछाप बिशेष

नवजागरण दोस्रो वर्ष पनि रामेछापको उत्कृष्ट सहकारी घोषित् : ४५ करोडको पूँजी

मंसिर ०५,

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित नवजागरण सहकारी संस्था दोस्रो वर्ष पनि रामेछाप जिल्लाको उत्कृष्ट सहकारी घोषित भएको छ ।

नेफ्स्कुनद्वरा विकास गरिएको नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोवेशन ब्राण्ड अन्तर्गत नवजागरण साकोस मन्थली पुःन दोस्रो वर्ष पनि जिल्लाकै उत्कृष्ट सहकारी घोषित् भएको हो । योसंगै सहकारी प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल भएको हो । नेफ्स्कुनद्वता विकास गरिएको राष्ट्रिय स्तरको प्रोबेशन कार्यक्रममा हाल देशैभरीबाट २०० वटा भन्दा बढी सहकारी संस्था सहभागी रहेका छन् ।

नेफ्स्कुनद्वरा विकास गरिएको नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोवेशन ब्राण्ड सम्मान पत्र
नेफ्स्कुनद्वरा विकास गरिएको नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोवेशन ब्राण्ड सम्मान पत्र

सो अन्तर्गत १० वटा सहकारी सहभागी भएको गौरीशंकर क्लष्टरबाट आर्थिक वर्ष २०७७/०७८ मा फाइनल अडिट भर्चुल मार्फत भएको कार्यक्रममा रामेछापको नवजागरण सहकारी संस्था उत्कृष्ट सहकारी घोषित भएको सहकारीले जानकारी दिएको छ ।

गत २०५५ सालमा २५ जना महिलाद्वता साविकको मन्थली गाविस वडा नं ७ र ८ वडालाई कार्यक्षेत्र बनाई स्थापना भएको सो सहकारीले हाल मन्थली नगरपालिकाको वडा नं १,२,३,४, ५,६,७ र ८,  रामेछाप नगरपालिकाको वडा नं ८ र ९ खाडादेबी गाउँपालिकाको वडा नं ४ र ५ र लिखुतामाकोसी गाउँपालिकाको ५ र ७ नं वडालाई कार्यक्षेत्र बनाई ६३ सय भन्दा बढी सदस्य बनाएको छ । ४५ करोडको पूँजी आर्जन गरेको  सहकारी रामेछाप जिल्लाको उत्कृष्ट संस्थाको रुपमा दोस्रो वर्ष पनि पर्न सफल भएको हो । गत वर्षपनि सो सहकारीले आफ्नो उत्कृष्ट स्थान हाँसील गरेको थियो ।

कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई असर पुर्याएको अवश्थामा नेपाल पनि अछुत रहन नसकेको स्मरण गराउदै सहकारीले यस्तो माहामारीको अबस्थामा पनि संस्थालाई आफ्नै संस्था सम्झेर सहयोग पुर्याउनु शेयर सदस्य, सञ्चालक समिति, सल्लाहकार समिति, उपसमिति, कर्मचारी, नेफ्स्कुन परिवार प्रति सबैमा हार्दिक कृत्यज्ञता आभार प्रकट गरेको छ ।

हाल उद्योग वाणिज्य संघको भवनको दोस्रो तलामा अवस्थित्  सहकारीको हाल जिल्ला मालपोत् कार्यलय जानेबाटो छेउमा आफ्नै पक्की भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।

भर्चुवाल कार्यक्रम

 

 

 

फेसबुक प्रतिक्रियाहरु