शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नागरिक सुनुवाईका लागि गाउमा रामेछाप प्रहरी
रामेछाप बिशेष

नागरिक सुनुवाईका लागि गाउमा रामेछाप प्रहरी

कात्तिक २५,

रामेछाप । नजिकै जिल्ला प्रहरी कार्यालय हुदा हुदै टाढा गएर सेवा लिनु परेकोमा पकरवास माडि क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् ।
‘हामी एक घण्टामा जिल्ला प्रहरी कार्यालयमा पुग्छौं ’ स्थानीय कृष्ण पौडेलले भने- केहि समस्या पर्दा जिल्ला छोडेर ६ घण्टा टाढाको इलाका पुग्नुपर्छ । जिल्ला प्रहरीको नजिकै भएर पनि कार्यक्षेत्र नपरेकोले माडि क्षेत्रका बासिन्दालाई इलाका प्रहरी कार्यालय माकादुम पुग्नुपर्छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले खाँडादेवि गाउँपालिकाको माडिमुहानमा मंगलबार आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा स्थानीयले यस्तो बताएका हुन् ।

त्यस्तै उनीहरुले सोहि वडामा पर्ने त्रिवेणीको नर्वदेश्वर महादेव मन्दिर परिसरमा प्रहरी युनिटको स्थापना गर्न, वडा अध्यक्ष धनवहादुर मानन्धरले त्रिवेणीमा प्रहरी युनिट भए त्यस क्षेत्रको शान्ति सुरक्षामा थप सहजता हुने भएकाले पहल गरिदिन माग गरेका छन् । प्रहरीले प्रवाह गरेको सेवामा नागरिकमा कस्तो प्रभाव परेको छ ? भन्ने जानकारी लिन र भावि दिनमा सेवा प्रवाहलाई प्रभावकारी वनाउनका लागि समुदाय–प्रहरी कार्यक्रम अन्तरगत उक्त सुनुवाई राखिएको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले संगठनले वनाएको कार्यक्षेत्र बमोजिम सेवा प्रवाह हुने भए पनि कुनै पनि घटनामा जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउन सकिने वताए । ‘कार्यक्षेत्र अन्य इलाकामा परेपनि प्रहरी प्रमुखलाई जुनसुकै बेलामा पनि तपाईहरुले आफुलाई परेको समस्या र घटनाको जानकारी दिन सक्नुहुन्छ’ पाठकले भने-प्रहरीले बांकी कार्यबाट सम्पादन गराउने भन्ने कुरा आन्तरिक रुपमा मिलाउछ ।

जिल्लामा प्रहरी युनिट राख्नका लागि अनगिन्ती स्थानबाट माग आएको भन्दै भएका युनिटहरुमा समेत प्रहरी जनशक्तीको अभाव रहेकोले काम गर्न कठिनाई परीरहेको पाठकले वताए । उनले जिल्लामा ४ सय ५० जनाको दरवन्दी भएपनि करिव आधा संख्यामा मात्र प्रहरी कार्यरत रहेकोले थप स्थानमा पोष्ट राख्न तत्कालका लागि कठिनाई रहेको जनाए ।

दरवन्दी बमोजिमको प्रहरी र समायोजन पछिको अवस्थामा शान्ति सुरक्षाको दृष्टिले अपरिहार्य रहेको स्थानमा थप पोष्ट राख्नका लागि प्रयत्न हुने उनले वताए । कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा अध्यक्ष धनवहादुर मानन्धरले समेत आफ्ना धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु