बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • फाल्गुनन्द जन्मजयन्तिले आपसी एकता र सदभाव वृद्धि- प्रधानमन्त्री ओली
समाचार

फाल्गुनन्द जन्मजयन्तिले आपसी एकता र सदभाव वृद्धि- प्रधानमन्त्री ओली

कात्तिक २५,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति,फाल्गुनन्द प्रति उच्च सम्मान प्रकट गरेका छन् ।

मंगलबार टुवीट् गर्दै उनले यस्तो उल्लेख गरेका छन् । फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा शुभकामना जारी सन्देश दिदै ओलीले शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गरेका छन् । मंगलबार समाज सुधारक महागुरू फालगुन्नदको जन्मजयन्ति मनाईदै छ ।

फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ । विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतमा फाल्गुनन्द जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण धेरै व्यक्ति भेला भएर जन्मजयन्ती मनाइने छैन ।

वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए । फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति चर्चित छ ।

फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु