शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछाप जिल्लाका सबै नागरिकको निशुल्क कोरोनाको परीक्षण गर्न मानव अधिकार संजाल रामेछापको माग
रामेछाप बिशेष

रामेछाप जिल्लाका सबै नागरिकको निशुल्क कोरोनाको परीक्षण गर्न मानव अधिकार संजाल रामेछापको माग

कात्तिक १९

रामेछाप । मानव अधिकार संजाल रामेछापले सम्पूर्ण नागरिकहरुको कोरोना भाइरस संक्रमणको परीक्षण निशुल्क गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधबार मन्थलीमा एक कार्यक्रम गरी संजालले यस्तो माग गरेको हो ।

कार्यक्रममा संजालले छिमेकी जिल्लाहरुमा कोरोना भाइरस संक्रमणको परीक्षाण निशुल्क गराउने गरेको पाइएको भन्दै रामेछापमा पनि निशुल्क गर्न माग गरेका हुन् । त्यस्तै संजालले कोरोना भाइरस संक्रमित भएकाहरुले बिमाको रकम पाउन नसकेको भन्दै बिमितको रकम अशूली गर्नको लागि सरोकारवालाको पनि ध्यानाकर्षण गराएको छ ।  संजालले कोरोना संक्रमित भएका र होमआइसोलेसमा बसेकाहरुले सरकारले जारी गरेको स्वास्थ्य सूरक्षाका मापदण्ड पालना नगरेको पाइएकाले मापदण्ड पालना गर्नको लागि सम्बन्धित निकायलाई सचेत गराएको छ ।

त्यस्तै जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा कक्षा ११ को परीक्षा स्वास्थ्य सूरक्षाका मापदण्ड पालाना गरी परीक्षा संचालन भैरहको दाबी गरएकाले मापदण्ड पालना गरे नगरेको स्थलगत अनुगमनको पनि गर्ने निर्णय गरेको छ । संजालले संक्रमित भएकाहरु होम आइसोलेसमा बसेकाहरुले स्वास्थ्यकर्मीको नियमित जानकारी नलिएको भन्ने गुनासो बढेकाले सो कुराको पनि ध्याणाकर्षण गर्ने संजालले तयारी गरेको छ ।

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु